अछामको बाब्लामा पनि झडप : मतदान स्थगित, सशस्त्र प्रहरीद्वारा मतपेटिकाको सुरक्षा
अछामको साफेँबगर नगरपालिका १३ बाब्लामा भएको झडपपछि मतदान स्थगित गरिएको छ । मतदान केन्द्रमा दुई पक्षबीच झडप भएकाले मतदान स्थगित गरिएको प्रहरी निरीक्षक जनक शाहीले बताएका छन् ।
बाब्ला केन्द्रमा एमाले र माओवादी एकातिर, काँग्रेस र नेकपा एकीकृत समाजवादी अर्कोतिर रहेको गठबन्धनबीच झडप भएको हो । सामान्य विवाद हुँदा प्रहरी मतदान अधिकृत र मतपेटिकाको सुरक्षामा केन्द्रित हुँदा उनीहरुबीच हानाहान भएको हो ।
अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बताइएको छ ।
टिप्पणीहरू