प्रधानसेनापति शर्माले पनि स्वस्तिक चिन्ह लगाउनुभयो
प्रधानसेनापति प्रभुराम शर्माले केही बेरअघि मतदान गर्नुभएको छ । उहाँले बिहान ९ बजे काठमाडौंको नागार्जुन नगरपालिका ४ मा मतदान गर्नुभएको हो ।
शर्माले नागार्जुन नगरपालिका ४ स्थित सितापाइला मावि, लामपाखा मतदान केन्द्रमा आफ्नो मतदान गर्नुभएको हो । बिहान ८ बजे मतदान केन्द्रमा पुगेर उहाँ ९ बजे फर्कनुभएको हो ।
टिप्पणीहरू