डोटीमा पनि मतदान स्थगित
डोटीका दुई वटा मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित गरिएको छ । शिखर नगरपालिका ७ लाटामाडौं माविमा रहेको मतदान केन्द्र र वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो ।
ती मतदान केन्द्रमा मतदान गर्न आएका वृद्ध महिलाको मत उनीहरूका परिवारका सदस्यको सहयोगमा खसालिएपछि उमेदवारबीच विवाद भएको हो । राधाकृष्ण माविमा मतदान पुनः सुरु भए पनि लाटामाडौं माविको मतदान प्रक्रिया स्थगित भएको छ ।
उक्त केन्द्रमा थप सुरक्षाकर्मी परिचालन गरेर मतदान प्रक्रिया अगाडि बढाउन लागिएको छ । मतदान अधिकृत प्रकाशबहादुर आलेका अनुसार त्यहाँका उम्मेदवार र राजनीतिक दलहरुलाई मतदान पुनः सुचारु गराउन सहमतिका लागि प्रयास गरिएको बताए ।
लाटामाडौंमा साढे ८ बजेदेखि मतदान रोकिएको हो । उक्त केन्द्रमा जम्मा ७२ मत खसेको मतदान अधिकृत आलेको जानकारी दिए ।
टिप्पणीहरू