विप्लव कमरेड मताधिकारबाट बन्चित

विप्लव कमरेड मताधिकारबाट बन्चित

देशका अधिकांश शीर्ष नेताहरूले आ–आफ्नाे मतदानस्थलमा पुगेर भोट खसालिसक्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने खेतबारीकाे काममा व्यस्त छन् ।

उनकाे पार्टी यौटै चिन्ह लिएर निर्वाचनमा सोझै सहभागी छैन तर झण्डै पार्टीका साढे सात सय नेताले स्वतन्त्र उम्मेदवारी दिएर देशभर चुनावी मैदानमा उत्रिदा विप्लवलाई भने चुनावले छाेएकाे छैन । विप्लव हाल कपिलवस्तुकाे शिवगढी-९ स्थित निवासमा कार्यकर्ताहरूसँग काम गरेर बसिरहेकाे उनका स्वकीय सचिव असल क्षेत्रीले जनआस्थालाई बताए।

उनकाअनुसार विप्लव निर्वाचनमा सहभागी भएर मतदान गर्ने साेचमा रहेपनि मतदाता नामावलीमा नामै नभएपछि भाेट हाल्नबाट बन्चित भएका हुन् ।

टिप्पणीहरू