गुल्मीको चुनावमा पनि गडबडी

गुल्मीको चुनावमा पनि गडबडी

गुल्मीकाे ईस्मा गाउँपालिका वडा नम्बर १ हर्पुकोटस्थित हिमालय माविमा पनि मतदान रोकिएको छ।

दिउँसाे साढे १२ बजेतिर लाइनमा बसेका मतदाताहरूबीच विवाद भएपछि एकअर्कासँग भिडेका छन्। लगत्तै निर्वाचन अधिकृतले मतदान प्रक्रिया रोकेका हुन् ।

विवाद भएर मतदान राेकिएपनि विवाद समाधान गर्ने प्रयास भइरहेकाे अधिकृतले जनाएका छन् । रोकिएको मतदान सुचारू गराउन मतदाताहरू सकारात्मक रहेकाे गुल्मी प्रहरीले जनाएको छ।

टिप्पणीहरू