कुन कुन स्थानमा मतदान रोकियो ?
आज बिहानदेखिको विवादका कारण विभिन्न स्थानमा मतदान रोकिएको छ ।
दैलेखमा नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको हो । झडपमा परेर एमालेका आधा दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका छन् ।
त्यसैगरी,काभ्रेमा पनि विवाद उत्पन्न भएपछि मतपेटिका नै फुटाइएको छ । दोलखा,सर्लाही, सप्तरी,पर्वत,हुम्ला, बाजुरा र अछामका केही मतदानस्थलमा सामान्य विवादपछि मतदान कार्य अवरुद्ध भएको हो ।
अवरुद्ध केही स्थानमा एकाध घण्टापछि मतदान शुरु भएको छ भने केहीमा सुचारुको प्रयास गरिएको निर्वाचन आयोगले जनाएको छ । आज देशका ७५३ वटै स्थानीय तहका १० हजार सात सय ५६ मतदानस्थलका २१ हजार नौसय ५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्यक्रम राखिएको हो ।
टिप्पणीहरू