रुकुमपूर्वमा ६ घण्टापछि मतदान शुरु

रुकुमपूर्वमा ६ घण्टापछि मतदान शुरु

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको पेल्मा मतदान केन्द्रमा एकछिन अघिदेखि मात्र मतदान शुुरु भएको छ । बिहानैदेखि उत्पन्न सामान्य विवादका कारण त्यहाँँ मतदान हुन सकेको थिएन ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार विवादको विषयमा सहमति भएपछि मतदान सुचारु भएको हो । उक्त केन्द्रमा छ घण्टा ढिलो मतदान प्रक्रिया थालिएको छ ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेको छ । अपराह्न ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेका सबैले मतदान गर्न पाउने सिडिओ खड्काले जानकारी दिनुभयो । उक्त गाउँपालिकामा कुल चारसय ९२ मतदाता छन् ।

टिप्पणीहरू