दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खस्यो
अपरान्ह २ बजेसम्म मुलुकभर ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ । आज बिहान ७ बजेदेखि शुरु भएको स्थानीय तहको मतदान साँझ ५ बजेसम्म हुनेछ ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै स्थानीय तहमा एकैसाथ निर्वाचन भइरहेको आयोगले जनाएको छ ।
छिटपुट बाहेक समग्रमा शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
टिप्पणीहरू