नियम तोड्ने अढाइ सय बढी सवारी साधन नियन्त्रणमा

नियम तोड्ने अढाइ सय बढी सवारी साधन नियन्त्रणमा

निर्वाचन आयोगले आज पास नलिई चलाइएका सवारी साधनलाई सडकमै रोकेको छ । बिहान मतदान शुरु भएदेखि मतदान नसकिएसम्मको निम्ति निश्चित सवारी साधनबाहेक अन्यलाई रोक लगाइएको हो ।

एम्बुलेन्स,खानेपानी ट्याङ्कर,दूध ढुवानी गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन,तरकारी फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगबाहेकका सवारी साधनले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने हुन्छ ।

तर, आयोगको निर्णयलाई अटेर गर्दै पासबिना गुडाइएका सवारी साधनलाई ट्राफिक प्रहरी महाशाखाले बिहानदेखि नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी र म्यादी प्रहरी पनि चेकजाँचमा खटिएका छन् ।

महाशाखाका अनुसार बिहानैदेखि पासबिनाका सवारी साधनलाई होल्डमा राखिएको छ । हालसम्म दुई सय ५८ वटा सवारी साधन होल्डमा राखिएको हो ।

उपत्यकाका विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमध्ये दुई सय ३६ वटा दुई पाँग्रे र २२ वटा चारपाँग्रे छन् ।

टिप्पणीहरू