१७ वटा मतदान केन्द्र बाहिर मत किन्ने किनबेच भयो : नियोक

१७ वटा मतदान केन्द्र बाहिर मत किन्ने किनबेच भयो : नियोक

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आज भइरहेको स्थानीय निर्वाचनको पहिलो पाँच घण्टा समग्रमा शान्तिपूर्वक रहे पनि केही स्थानमा मत किन्ने प्रयास भएको बताएको छ ।

नियोकले गरेको पर्यवेक्षणबाट एकाधस्थान बाहेक अन्यत्र शान्ति सुरक्षाको स्थिति सन्तोषजनक देखिएको हो । तर १७ वटा मतदान केन्द्र बाहिर मत किन्ने क्रियाकलाप भएकोे उसले जनाएको छ ।

त्यसैगरी ८४.४३ प्रतिशत मतदान केन्द्र बिहान ७ देखि ७ः१५ बजेसम्ममा खुलेको, ९.७३ प्रतिशत मतदान केन्द्र ७ः१६ देखि ७ः३० सम्म खुलेको, ५.६० प्रतिशत मतदान केन्द्र ७ः३१ बजेदेखि ८ बजेसम्मको समयमा खुलेका र नौ वटा मतदान केन्द्र भने १ घण्टा ढिलो खुलेको विवरण पनि नियोकले दिएको छ ।

टिप्पणीहरू