गोकुल बाँस्कोटाको जिल्लाका तीन ठाउँमा मतदान रोकियो
काभ्रेपलाञ्चोक जिल्लाका तीन वटा मतदान केन्द्रमा मतदान रोकिएको छ । कोशी पारिको नामले परिचित चौरी देउराली गाउँपालिकाको प्रभा मावि केन्द्रमा मतपेटिका तोडफोड भएपछि मतदान स्थगित गरिएको हो ।
त्यस्तै पाँचखालको श्रीराम मावि र पाँचखाल कोशीदेखा मतदान केन्द्रको मतदान कार्य पनि स्थगित गरिएको छ ।
राजनीतिक दलका प्रतिनिधि र मतदान अधिकृतहरुबीच पुनः मतदान गराउनेबारे छलफल भइरहेको बताइएको छ ।
टिप्पणीहरू