सर्लाहीको धन्कौलमा सेना परिचालन

सर्लाहीको धन्कौलमा सेना परिचालन

सर्लाहीको धन्कौल गाउँपालिका–२ स्थित पशुसेवा कार्यालयको मतदान केन्द्रमा नेपाली सेना परिचालन गरिएको छ । आफन्तको नाममा मत खसाल्ने,अशक्तको मत हाल्नेलगायत विषयमा विवाद चर्किएपछि रोकिएको मतदान छ घण्टामा नेपाली सेना परिचालन भएपश्चात् पुनः शुरु भएको हो ।

धनकौलमा बिहान मतदान शुरु भएसँगै काँग्रेस,एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच त्रिपक्षीय झडप शुरू भएको थियो । विवाद बढ्दै गएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रबाट मतपेटिका र मतपत्रसहित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको कार्यालय पुुर्याइएको थियो ।लगत्तै केन्द्रको निर्देशनमा मतदानस्थलको पहिलो घेरामा नेपाली सेना परिचालन गरेर मतदान शुरु गरिएको धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिनुभयो । त्रिपक्षीय कार्यकर्ता ढुंगामुढासहित झडपमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले छ राउण्ड हवाईफायर गर्नुका साथै दर्जनौँ सेल अश्रुग्यास पनि प्रहार गरेको थियो ।

टिप्पणीहरू