हिजो पैसा बोकेको हैन भन्दै पत्रकार सम्मेलन, आज मतदान
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले काठमाण्डौबाट मतदान गर्नुभएको छ ।
अन्सारीले काठमाडौं महानगरपालिका १९ ढोकाटोलस्थित अरुणोदय विद्यालय केन्द्रबाट मतदान गर्नुभएको हो ।
हिजो बिहान जनकपुरमा एमाले कार्यकर्ताबाट होटलमै घेरिएपछि अन्सारी प्रहरीको सुरक्षा घेरामा जनकपुर विमानस्थल पुगेर उडानमा काठमाडौं आउनुभएको हो । काठमाडौं आएलगत्तै अन्सारीले पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्नुभएको थियो ।
उहाँमाथि एमाले मेयरका उम्मेदवारलाई हराउन स्वतन्त्र उम्मेदवारलाई जिताउने प्रपञ्च रच्दै पैसा बोकेर जनकपुर गएको आरोप एमालेका स्थानीय नेता तथा कार्यकर्ताले लगाएका थिए । अन्सारी एमालेद्वारा नियुक्त सम्वैधानिक आयोगका प्रमुख हुनुहुन्छ ।
टिप्पणीहरू