भर्खरै कति थपिए हवाई फायर भएको बैतेश्वरमा सुरक्षाकर्मी ?

भर्खरै कति थपिए हवाई फायर भएको बैतेश्वरमा सुरक्षाकर्मी ?

आज बिहान विवाद उत्पन्न भएपछि दोलखाको एउटा गाउँपालिकास्थित मतदान केन्द्रमा थप सुरक्षाकर्मी लगिएको छ । राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताहरुबीच घम्साघम्सी भएपछि सुरक्षाकर्मी थपिएको हो ।

बिहान मतदान शुरु हुँदा नहुँदै विवाद भएको बैतेश्वर गाउँपालिकामा लामो समयसम्म मतदान स्थगित भएको थियो । त्यसपछि नेपाली सेनाको हेलिकप्टरमा २५ जना सुरक्षाकर्मी थपिएको छ ।

थपिएकामा सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षकको कमाण्डमा १० जना र नेपाल प्रहरीका १५ जना भर्खर हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गरेका छन् । त्यहाँ एमाले र सत्तारुढ गठबन्धनवीच प्रतिस्पर्धा छ ।

टिप्पणीहरू