काँग्रेसकी सरस्वती शाहद्वारा बाबुरामपथ अनुशरण

काँग्रेसकी सरस्वती शाहद्वारा बाबुरामपथ अनुशरण

सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलकी पूर्वकेन्द्रीय सदस्य सरस्वती शाहले पनि स्वस्तिक चिन्ह लगाएको मतपत्र सार्वजनिक गरेकी छन् ।

उनले मतसंकेतसहितको मतपत्र सामाजिक सञ्जालमार्फत सबैलाई देखाएकी हुन् । मतपत्रमा चुनाव चिन्ह रुखमा भोट हालेको देखिन्छ ।

शाहले सामाजिक सञ्जालमा तस्बिरसहित लेखेकी छन्, ‘देश र देशवासीका लागि,शान्ति र समृद्विका लागि, गुणस्तर स्वास्थ्य र शिक्षाका लागि युवाको व्यवस्थाको लागि मेरो भोट चुनाव चिन्ह रुखमा । जयनेपाल ,’

आज बिहान मात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यस्तै मतपत्र सार्वजनिक गर्नुभएको थियो । मतदानको क्रममा प्रयोग गरिएको मतपत्र देखाएको भन्दै उहाँलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

टिप्पणीहरू