एमाले उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

एमाले उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

रुपन्देहीको मर्चवारी ५ बनियाडिहामा उम्मेदवारको घरमा विस्फोट गराइएको छ । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । विस्फोटमा उनकी श्रीमती ४५ वर्षीया जयमाला पाण्डे घाइते भएकी छन् ।प्रहरीका अनुसार मतदान भइरहेको समयमा आज दिउँसो साढे ४ बजेको समयमा घरभित्र विस्फोट भएको हो । तर घरभित्र के विस्फोट भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । विस्फोटबाट घरमा क्षति पुगेको छ ।

घाइते जयमालालाई उपचारको निम्ति अस्पताल लगिएको छ । प्रहरीका अनुसार उनको हात, पाखुरा जलेको छ ।

टिप्पणीहरू