सर्वदलीय बैठकको सहमति, मतगणना निर्देशिका विपरित
आज बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म भएको स्थानीय तहको मतदानको मतगणना कार्य आजै रातिबाट शुरु हुने बताइएको छ । कतिपय स्थानमा मतणनाको आवश्यक तयारी गरिसकिएकाले केही बेरपछि नै प्रारम्भिक मत परिणाम प्राप्त हुने छ ।
मतगणनाअघि राखिएका कतिपय सर्वदलीय बैठकमा फरक खालको सहमति गरिएको जानकारीमा आएको छ । उनीहरुले एउटै पदमा अर्को उम्मेदवार नभएको र उम्मेदवार भएका दुई वटा चुनाव चिन्हमा मतदान गरिएको पाइएमा उमेदवार भएका अरु पदको हकमा उक्त मतलाई सदर मान्नु पर्ने प्रस्ताव राखेको पाइएको छ ।
तर त्यस्तो प्रस्ताव मतगणना निर्देशिकाको नियम २७ (२) विपरित रहेको बताइन्छ । निर्देशिका अनुसार त्यसरी दुई वटा चुनाव चिन्हमा मतदान गरिएको कुनै पनि मतपत्र स्वतः बदर हुन्छ ।
निर्देशिकामा उल्लेख गरिएको विषयभन्दा फरक ढंगले गरिने र गरिएका सहमति स्वतः अमान्य हुने भएकाले मतगणना प्रतिनिधिले त्यसतर्फ ध्यान दिनुपर्ने विश्लेषक र विज्ञहरुले बताएका छन् । एक जना विज्ञले भने, ‘अरु विषयको अतिरिक्त त्यस्ता पक्षमा ध्यान नदिने हो भने मत गणनास्थलमा थप रडाको मच्चिन सक्छ ।’
टिप्पणीहरू