काठमाडौं महानगर र कागेश्वरी मनोहरामा न्यून मतदान, उच्च महिला सहभागिता

काठमाडौं महानगर र कागेश्वरी मनोहरामा न्यून मतदान, उच्च महिला सहभागिता

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको तीन वटा वडा र काठमाडौं महानगरको दुई वटा वडामा आज निम्नानुसार मत खसेको पाइयो । समग्रमा ५० प्रतिशतभन्दा केही बढी मत खसेको देखिन्छ भने पुरुषभन्दा महिला मतदाता बढी सहभागी भएको पनि देखिन आएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका ७ नम्बर वार्डको आनन्द भैरव मावि मुलपानीमा १८७१ जना मतदातामध्ये महिला ७३३ र पुरुष ६६९ मत गरी कुल मत १४०२ झरेको छ । वीरेन्द्र आदर्श पुस्तकालय वीरेन्द्र चोकमा रहेको कुल मतदाता संख्या २९८९ जनामध्ये महिला ११४० र पुरुष १०९४ गरि कुल २२३४ मत खसेको हो ।

वार्ड नम्बर ८ को तेज विनायक मावि गोठाटारमा मतदाता ३८७७ जनामध्ये महिला १५४९ र पुरुषको १४७० मत गरि जम्मा ३६४८ मत झरेको हो । वार्ड नम्बर ९ को गान्धी आदर्श मावि गान्धी चोकमा मतदाता संख्या ५६३६ जना थियो । तर आज महिला २०५० मत र पुरुष १९२० गरि ३९७० मत खसेको पाइयो ।

काठमाडौं महानगरपालिका ९ को गुहेश्वरी मा.वि सिनामङ्गलमा मतदाता १७६२ जनामध्ये महिला ५२५ र पुरुष ५९० गरी जम्मा १११५ मत खस्यो । सिनामंगलकै बालपिठ प्रावि (पाखाको स्कूल)मा मतदाता संख्या १३७३ जनामध्ये महिला ४३० र पुरुष ४६० मत गरि कुल खसेको मत संख्या ८९० पुगेको छ ।

साम्भवी बोर्डिङ्ग बत्तिसपुतली केन्द्रमा मतदाता संख्या २०५४ जनामध्ये महिलाको मत ५८३ मत र पुरुषको ६१७ मत गरि कुल खसेको मत १२०० थियो । गोल्डेनगेट बत्तिसपुतलीमा मतदाता संख्या ११४७ जनामध्ये महिला ३५२ मत र पुरुष ३४७ मत गरि जम्मा खसेको मत ६९९ मत हो ।

रातोपुल खाली जग्गा फुटसलमा रहेका मतदाता संख्या ८४४ जनामध्ये महिलाको मत २६३ र पुरुषको २८५ मत गरि जम्मा खसेको मत ५४८ देखियो । त्यस्तै राममन्दिर प्राङ्गण् बत्तिसपुतलीमा कुल मतदाता संख्या १४४५ जनामध्ये महिलाको मत ४१० र पुरुष ४२७ मत गरि खसेको मत संख्या ८३७ मत देखिएको हो ।

अन्नपूर्ण बोर्डिङ्ग गैरीगाउँमा कुल मतदाता ६०६ जनामध्ये महिला १९२ र पुरुष १६९ मत गरि जम्मा खसेको मत संख्या ३६१ पाइएको हो । मिडल्याण्ड स्कुल विजयचोकमा रहेका कुल मतदाता संख्या १७२२ जनामध्ये महिलाको मत ५३७ र पुरुषको ५६३ मत झरेको हो । उक्त केन्द्रमा खसेको मत ११०० हो ।

त्यस्तै ब्रिजवाटर बोर्डिङ स्कुल सिनामंगलमा रहेका कुल मतदाता संख्या ११७९ जनामध्ये महिलाको मत ३६२ र पुरुषको मत ३६८ गरि जम्मा खसेको मत ७३० पाइयो ।

काठमाडौं महानगरपालिकाको १० नम्बर वार्डमा सानोगौचरण पार्क बानेश्वर हाइटमा रहेका मतदाता संख्या १८५८ जनामध्ये महिला ५७७ र पुरुषको ५८५ मत खसेको थियो । जहाँ कुल मत ११६२ मात्रै खसेको देखियो ।

बुद्धनगरको मतदान केन्द्रमा मतदाता संख्या ३५०४ जनामध्ये महिला १११३ मत र पुरुषको १०७९ मत झरेको हो । जहाँ कुल मत २१९२ खसेको छ । रत्नराज्य मावि मध्य बानेश्वरमा मतदाता संख्या ३९१७ जनामध्ये महिलाको १२१२ मत र पुरुषको ११३८ मत गरि जम्मा खसेको मत संख्या २३५० पाइयो ।

मेरिगोल्ड पाठशाला स्कुल थापागाउँमा रहेका कुल मतदाता संख्या २१५४ जनामध्ये महिला ७०९ मत र पुरुष ६६७ मत गरि खसेको मत संख्या १३७६ देखिन आएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका ३१ नम्बर वार्डमा भ्याली भ्यू स्कुल बानेश्वरमा रहेको मतदाता संख्या २००७ जनामध्ये महिला ५८२ मत र पुरुष ६२५ मतमध्ये जम्मा खसेको मत १२०७ देखिन आएको हो । छुनामुना कमलनेत्र स्कुल बानेश्वरमा मतदाता संख्या २००२ जना थिए । जसमा महिलाको ६९३ मत र पुरुषको ५८७ मत गरि जम्मा १३४० मत झरेको पाइयो ।

सहकारी प्रशिक्षण केन्द्र बानेश्वरमा रहेको मतदाता संख्या १५२१ जनामध्ये महिलाको संख्या ४२४ र पुरुष ४५५ मत खस्यो । जम्मा मत ८७९ खसेको हो । ईपिएस स्कुल मिनभवनमा रहेका मतदाता संख्या १४३९ जनामध्ये महिलाको ४२८ मत र पुरुषको ४२३ मत गरि जम्मा खसेको मत संख्या ८५१ पाइएको हो ।

वडा कार्यालय भवन भिमसेनगोलामा मतदाता संख्या १४३५ जना थियो । जसमा महिलाको मत ३७७ र पुरुषको ३९७ गरि जम्मा खसेको मत संख्या ७७४ हो । बानेश्वर क्याम्पस बाग्मती करिडोरमा रहेको मतदाता संख्या २४५३ जनामा महिला ७८८ जना र पुरुष ७३६ जनाले मत खसालेका हुन् । यसरी जम्मा खसेको मत संख्या १५२४ हो ।

मिनभवन क्याम्पस मिनभवनमा रहेको मतदाता संख्या १३९३ जनामध्ये महिलाको ४३० र पुरुष ४३९ गरि जम्मा खसेको मत ८६९ देखिन आएको हो । भीएस निकेतन स्कुल आलोकनगरको कुल मतदाता संख्या १२३० जनामध्ये महिला ३८५ र पुरुष ४०९ मत खसेको थियो । कुल झरेको मतसंख्या ७९१ थियो ।

यस्तै ज्ञान निकेतन मावि शंखमूलमा मतदाता संख्या १७६४ जनामध्ये महिला ५५१ मत र पुरुष ५६१ मत गरि जम्मा खसेको मत १११२ मत पाइएको हो । इन्द्रधनुष बोर्डिङ स्कुल बानेश्वरमा रहेको मतदाता संख्या १०३३ जनामध्ये महिला ३२१ मत र पुरुष ३१८ मत गरि जम्मा खसेको मत ६३९ देखिएको हो ।

उता आशा मन्दिर बोर्डिङ स्कुल शान्तिनगरमा रहेको मतदाता संख्या १९२० जनामध्ये महिला ५१८ जना र पुरुष ५८० जनाले भोट खसालेका थिए । त्यो भनेको कुल झरेको मत १०९८ हो ।

टिप्पणीहरू