राजधानीसँगैको जिल्लामा गठबन्धनमाथि धाँधलीको आरोप, पुनः मतदानको माग

राजधानीसँगैको जिल्लामा गठबन्धनमाथि धाँधलीको आरोप, पुनः मतदानको माग

धादिङको खानीखोला गाउँपालिकामा आज भएको मतदानमा सत्ता गठबन्धनका दलहरुले धाँधली गरेको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेको छ । गाउँपालिकाको वार्ड नम्बर ३ मा रहेको भृकुटी मावि मतदान केन्द्रमा गठबन्धन दलहरुले एक्लौटी ढंगले मतदान केन्द्र कब्जा गरि मतदान गराएको एमालेको आरोप छ ।एमाले खानीखोला गाउँपालिका कमिटीले आज साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज भएको निर्वाचन प्रक्रिया रद्ध गर्न अनुरोध छ । साथै सो मतदान केन्द्रमा पुनः मतदान कार्य अघि नबढाएसम्म अन्य मतदान केन्द्रको मतगणना कार्य अघि नबढाउन समेत जोडदार माग गरिन्छ । अन्यथा, निर्वाचनबाट आएको सम्पूर्ण परिणाम अस्वीकार्य र अमान्य हुने व्यहोरा समेत अनुरोध गराइन्छ ।’

टिप्पणीहरू