संखुवासभामा मतगणना शुरु, गठबन्धनका उम्मेदवार अगाडि

संखुवासभामा मतगणना शुरु, गठबन्धनका उम्मेदवार अगाडि

संखुवासभाको खाँदबारी नगरपालिका १ मा मध्यरातबाट मतगणना शुरु भएको छ । राति १ बजेबाट बिहान ५ बजेसम्म गनिएको मत परिणाममा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।

नेकपा एमालेबाट मेयर उम्मेदवारले ७६ मत प्राप्त गर्दा गठबन्धनबाट मेयर उम्मेदवारले २०३ मत ल्याएका छन् ।

त्यस्तै एमालेका उपमेयर उम्मेदवारले ११८ र गठबन्धनको तर्फबाट उपमेयर भएका उम्मेदवारले बराबरी ११८ मत प्राप्त गरेका छन् ।

एमालेका वार्ड अध्यक्ष उम्मेदवारले ७९ मत ल्याउँदा गठबन्धनको तर्फबाट वार्ड अध्यक्ष उम्मेदवारले १९२ मत ल्याएका छन् । त्यस्तै एमाले खुला महिला सदस्यले १०१ मत प्राप्त गर्दा गठबन्धनबाट उठेका खुल्ला महिला सदस्यले १५९ र दलित महिला सदस्यमा एमालेका उम्मेदवारले १०६ र गठबन्धन उम्मेदवारले १४९ मत प्राप्त गरेका हुन् ।

सोही वडामा खुल्ला सदस्यमा एमालेका उम्मेदवारले १०५ र गठबन्धन उम्मेदवारले ११४ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू