सुनिल स्मृतिमा माओवादी केन्द्रको अग्रता

सुनिल स्मृतिमा माओवादी केन्द्रको अग्रता

रोल्पाको सुनिल स्मृति गाउँपालिकामा एक हजार चार मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।

पछिल्लो मत परिणामअनुसार अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मनिराम बुढाथाकीले ५९४ मत ल्याएर अग्रता लिएका छन् ।
उनलाई नेपाली काँग्रेसका उम्मेदवार गन्जबहादुर क्षेत्रीले ३०४ मतले पछ्याइरहेका छन् । त्यस्तै नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार तारा सेनले २४ मत ल्याएकी छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मीना थापाले ५७८ मत ल्याएकी छन् । काँग्रेसकी तेजकुमारी बिष्टले २९० मत ल्याएकी छन् । एमालेका खिमचन्द्र पुन मगरले ४४ मत पाएका छन् । राप्रपाकी शान्तिकुमारीले १६ मत ल्याएकी छन् ।

त्यहाँ वडा नम्बर १ बाट मतगणना शुरु भएको हो ।

टिप्पणीहरू