रामेछापको लिखु तामाकोशीमा एमाले अगाडि, काँग्रेस र गठबन्धन पछाडि

रामेछापको लिखु तामाकोशीमा एमाले अगाडि, काँग्रेस र गठबन्धन पछाडि

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा गणना भइरहेको मत परिणाममा एमाले अगाडि देखिएको छ । एमालेलाई पछ्याउँदै काँग्रेस र गठबन्धनका उम्मेदवार देखिएका हुन् ।

पछिल्लो परिणामअनुसार अध्यक्षमा एमालेका उम्मेदवार कमल कडरियले २३० मत ल्याउँदा नेपाली काँग्रेसका केशव महतले २१३ र नेकपा एकीकृत समाजवादीका नवराज पाैडेले १८ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेका दिपा पाख्रिनले २४०, काँग्रेसकी सरस्वती गुरूंगले १९७ र माओवादी केन्द्रका ध्रुवकुमार कार्कीले २८ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ को वडाध्यक्षमा एमालेका प्रदिप तामांगले २३८, काँग्रेसका रुद्र सुनुवारले २०९ मत ल्याएका छन् ।

टिप्पणीहरू