एमालेको १० क्वार्टर रक्सीले बबाल
निर्वाचनअघिको ७२ घण्टासम्म मौन अवधिमा कुनै पनि राजनीतिक दल, उम्मेदवारले चुनावलाई प्रभावित पार्ने कार्य गर्न नपाइने व्यवस्था छ । तर कपिलवस्तुमा एमालेका कार्यकर्ताले बोकेर हिँडेको १० क्वार्टर रक्सीले हिजोसम्म बबाल भएको हो ।
बाणगंगा नगरपालिका १० मा अस्ति राति एमाले कार्यकर्ताले १० बोटल क्वार्टर रक्सी बोकेर हिँडेको उजुरी काँग्रेसका कार्यकर्ताले गरेका हुन् । रहर कम्पनीको उक्त रक्सीको मूल्य पाँच सय भएको प्रहरीले बताएको छ ।
एमालेले रक्सी बाँडेको भन्दै काँग्रेसले सशस्त्र प्रहरीको स्थानीय सुरक्षा बेस क्याम्पमा जानकारी गराएपछि रक्सी बरामद भएको हो । सशस्त्र प्रहरी नायव निरीक्षक मिश्रीप्रसाद केसीको कमाण्डमा गएको टोलीले पाँच क्वार्टर रक्सी बरामद गरेको हो ।
बरामद रक्सी गएरातिसम्म सशस्त्रको सुरक्षा बेस क्याम्पमा राखिएको बताइएको छ ।
टिप्पणीहरू