जनकपुर उपमहानगरपालिकाको मतगणना शुरु, ४ सयमा ३२ मत बदर
जनकपुरमा बदर मतको प्रतिशत धेरै देखिउको छ । हालसम्म चार सय मत गनिसक्दा मेयरमा ३२ र उपमेयरमा २५ मत बदर भएको हो ।
मेयर पदका स्वतन्त्र उम्मेदवार घण्टाघर चिन्ह लिएकाको १३५ मत आउँदा एमालेको ४५, जसपाको २८ र लोसपाको १८ मत प्राप्त भएको छ । त्यसैगरी लालटिन चिन्हमा १९ मत र आँपमा ३३ मत झरेको छ ।
उपमेयरमा नेपाली काँग्रेसको १६२, आँपको २६, एमालेको ४६, लोसपाको २३ मत प्राप्त भएको देखिएको छ ।
१ नम्बर वडाध्यक्षमा काँग्रेस उम्मेदवारको २०२, एमालेको ५८, जसपाको २६ र लोसपाको २८ मत आएको हो ।
टिप्पणीहरू