सिन्धुपाल्चोकको बाह्रबिसेमा काँग्रेस उम्मेदवार वडाध्यक्षमा विजयी
सिन्धुपाल्चोक नगरपालिका १ को अन्तिम नतिजा प्राप्त भएको छ । जसमा नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएका छन् । प्रमुखमा रुख चिन्हले ३९५ र उपप्रमुखमा ४०२ मत प्राप्त भएको छ ।
काँग्र्रेसका वडाध्यक्ष उम्मेदवार४१५ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी एमालेले प्रमुखमा २२७ र उपप्रमुखमा २२७ मत प्राप्त गरेको छ भने वडाध्यक्षमा काँग्रेसका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले २३९ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी माओवादी केन्द्रले मेयरमा ४४, उपमेयरमा ३७ र वडाध्यक्षमा १७ मत प्राप्त गरेको देखिएको छ ।
टिप्पणीहरू