धुलिखेलमा वडाध्यक्ष काँग्रेसको पोल्टामा, मेयरमा बागी उम्मेदवार अगाडि

धुलिखेलमा वडाध्यक्ष काँग्रेसको पोल्टामा, मेयरमा बागी उम्मेदवार अगाडि

धुलिखेल नगरपालिकाको वडा नम्बर १ मा अध्यक्ष पदका उम्मेदवार सन्तबहादुर लामा विजयी भएका छन् । उनी नेपाली काँग्रेसको तर्फबाट उठेका हुन् । लामाले ५७३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार ४६७ मत ल्याएका छन् ।

वडा नम्बर १ मा खसेको १२६९ मत गणना हुँदा मेयरमा काँग्रेसका बागी उम्मेदवार विदूर बस्नेतले ५७२ मत ल्याएका छन् । एमालेका अशोक ब्याञ्जुले ४६७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार निराजनले ५८७ मत र एमालेका उम्मेदवारले ४८२ मत ल्याएको देखिन्छ ।

टिप्पणीहरू