बझाङमा एकीकृत समाजवादीको प्यानल विजयी

बझाङमा एकीकृत समाजवादीको प्यानल विजयी

बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा नेकप एकीकृत समाजवादीको सबैजना उम्मेदवार विजयी भएका छन् ।

वडाध्यक्षमा विजयी उक्त पार्टीका देवीभक्त जोशीले ४४० मत ल्याएका छन् । वडाका अन्य विजयी सदस्य पनि गठबन्धनका उम्मेदवार हुन् ।

७४६ मत खसेको उक्त वडाबाट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उत्तम रोकायाले ४०४ एमालेका लोकेन्द्र सिंहले २६१ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू