चितवनमा एमाले अगाडि

चितवनमा एमाले अगाडि

चितवनमा मतगणना भइरहेको राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।

राप्तीको वडान नम्बर ६ मा ८०० मत गनेपछि मेयरका उम्मेदवार एमालेका गोविन्द प्रसाद कँडेलले ४४२ र गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका समशेर लामाले ३१६ मत ल्याएका छन् । उपमेयरका उमेदवार एमालेकी मेनुका पाठकले ४७२ ल्याउँदा काँग्रेसका देवेन्द्र लामाले २९३ मत प्राप्त गरेका हुन् ।

कालिकाको वार्ड नम्बर १ मा ३०० मत गनिएको छ । जसमा एमालेका मेयर उम्मेदवार विनोद रेग्मीले ११९ र काँग्रेसका शिवराम केसीले १२१ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी विमला लामाले ११९ र माओवादीकी सविता लामाले ११४ मत प्राप्त गरेको बताइएको छ ।

त्यसैगरी खैरहनीको वडा नम्बर २ मा ४०० मत गनिएको छ । त्यसमा मेयरका उमेदवारहरुमध्ये काँग्रेसका शशी खनियाले २७१ र एमालेका लालमणि चौधरीले ८७ मत प्राप्त गरेका छन् ।

इच्छाकामना–१ मा ६०० मत गनिएको छ । अध्यक्षमा एमालेका दानबहादुर गुरुङले २८४ मत ल्याउँदा काँग्रेसकी गीता गुरुङले २६० मत ल्याएकी छन् । उपाध्यक्षमा एमालेकी माया सिलवालले २९२ र माओवादीका प्रताप गुरुङले २६५ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू