माओवादीका वडाध्यक्ष उम्मेदवार विजयी
दाङको राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर फराकिलो अन्तरले विजयी भएका छन् । कूल ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका हुन् ।
मगरका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश चुहान भएका छन् । चुहानले १९८ मत प्राप्त गरेका छन् । उक्त वडामा माओवादी केन्द्र र जनमोर्चाको गठबन्धन थियो ।
चुहान यसअघि पनि सोही वडामा अध्यक्ष थिए ।
टिप्पणीहरू