राष्ट्रिय सभागृहमा चिडियाघर शैलीमा मतगणना

राष्ट्रिय सभागृहमा चिडियाघर शैलीमा मतगणना

हिजो काठमाडौं महानगरमा सम्पन्न मतदानको मतगणना काठमाडौंको सभागृहमा थालिएको छ ।

सभागृह बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने भित्र चिडियाघरमा पशु र पन्छीलाई राखेझैं कर्मचारी र मतपत्र भित्र, उम्मेदवारका प्रतिनिधि बाहिरबाट हेरिरहेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १ अन्तर्गत नक्सालमा भएको मतदानको मतगणना थालिएको हो । तीन लाखभन्दा बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको छ ।

मोफसलको तुलनामा महानगरमा मतदान निकै कम भएको छ ।

टिप्पणीहरू