काठमाडौंमा बालेन, भरतपुरमा विजय
काठमाण्डौ महानगरपालिकाको मेयरका प्रतिष्पर्धी बालेन साहले ४३७ मत ल्याएका छन् । उनीपछि एमालेका केशव स्थापितले ३७५ र नेपाली काँग्रेस एवम् गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले २७३ मत पाएकी छन् ।
उता भरतपुरबाट भर्खरै प्राप्त परिणामअनुसार एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ४१ मत प्राप्त गरेर अग्रता राखेका छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ र काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले आठ मत हात पारेका छन् ।
भरतपुरकै उपप्रमुखमा भने नेपाली काँग्रेसको उम्मेदवारले ३९ मत ल्याउँदा राप्रपाका उम्मेदवारले ३५ मत पाएका छन् ।
भरतपुर महानगरपालिकाको १ नम्बर वार्डको मत गणना भइरहँदा वडाध्यक्ष र सदस्यहरुमा पनि एमालेले अग्रता कायम राखेको छ । स्वतन्त्र सदस्य एक जनामा माओवादी केन्द्रका उम्मेदवार एमालेभन्दा अगाडि छन् ।
भरतपुरमा एक सय मत गणना हुँदा छ मत बदर भएको छ ।
टिप्पणीहरू