एमालेलाई नौ मतले पछि पार्दै बर्दिबासमा माओवादीले खाता खोल्यो

एमालेलाई नौ मतले पछि पार्दै बर्दिबासमा माओवादीले खाता खोल्यो

महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ मा माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा वडाध्यक्षमा विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र किङरिङलाई नाै मतले पछि पार्दै लामा विजयी भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।

वडा नम्बर ८ मा खसेको कुल दुई हजार पाँच सय ६२ मतमध्ये लामाले सात सय ५३ र किङरिङले सात सय ४४ मत ल्याएका हुन् ।

टिप्पणीहरू