प्रधानमन्त्री देउवालाई आफ्नै वडामा करुवाको झड्का
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा काँग्रेस पराजित भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका उम्मेदवारलाई हराउँदै काँग्रेस (विपी)ले वडाध्यक्ष जितेको हो ।
कांग्रेस (विपी)का तर्फबाट उम्मेदवार रहेका नरेश भण्डारीले काँग्रेसका आधिकारिक उम्मेदवार चन्द्रबहादुर देउवालाई झन्डै डेढ सय मतान्तरले जितेका हुन् ।
करुवा चिह्न लिएर चुनाव लडेका भण्डारीले ६७३ मत ल्याउँदा कांग्रेसका देउवाले पाँच सय ४४ भोट पाएका छन् ।
कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्लले पार्टीमा विद्रोह गरी एमालेसँग मिलेर करुवा चिन्हबाट जिल्लाभर उम्मदेवार उठाएका थिए ।
टिप्पणीहरू