इलाममा पनि गठबन्धन र काँग्रेसको अग्रता

इलाममा पनि गठबन्धन र काँग्रेसको अग्रता

इलामका विभिन्न स्थानीय तहमा भइरहेका मतगणनाको प्रारम्भिक नतिजा आउन थालेका छन् । इलाम नगरपालिकामा केही वडाका पछिल्ला मत परिणामले अन्तिम परिणाम छ्यासमिस आउने संकेत गरेको छ ।

भर्खरै मात्र इलाम नगरपालिकाको एउटा वडाध्यक्ष काँग्रेसले जितेको छ भने सन्दकपुरमा एमालेले जितेको छ । उता मांसेबुङमा गठबन्धनका उम्मेदवारले जितेका छन् । मांसेबुङ किरात धर्मगुरु आत्मानन्द लिंगदेनको क्षेत्र हो ।

प्रायः सबैजसो पालिकाका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले झिनो मतले अग्रता लिएको पाइएको छ । माई नगरपालिकामा माओवादी केन्द्रका मेयर उम्मेदवार अगाडि छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको आफ्नै वडामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

सूर्योदय नगरपालिकामा कलम चिन्हका उम्मेदवारले मेयरमा अग्रता लिएका छन् ।

इलाम नगरपालिकामा काँग्रेसले मेयर र उपमेयर नै उठाएकाले गठबन्धनका उम्मेदवारलाई अप्ठेरो पर्ने आकलन गरिएको छ । तर इलाम नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि केही प्रभाव छ ।

समग्रमा नेकपा विभाजनको फाइदा अहिले आएर स्थानीय तहको चुनावमा नेपाली काँग्रेसलाई सबैभन्दा धेरै गएको प्रष्ट हुन्छ ।

-सटेन्द्र जवेगु, इलाम ।

टिप्पणीहरू