पनौतीमा पनि काँग्रेसकै अग्रता
काभ्रेको पनौती नगरपालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ ।
वडा नम्बर १ को चार सय मतगणना हुँदा नगर प्रमुखमा काँग्रेसका उम्मेद्वारले २३१ भोट पाएका छन् । एमालेका उम्मेदवार १४२ मतसहित दोस्रोमा रहेका छन् ।
त्यस्तै, उपप्रमुखमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता रहेको छ । समाजवादीले ११५ मत पाउँदा एमालेले ९८ भोट ल्याएको छ । पनौती नगरपालिकामा काँग्रेस र समाजवादीले गठबन्धन गरेका छन् ।
वडातर्फ पनि गठबन्धन नै अगाडि छ । २३१ मतसहित कांग्रेसले अग्रता बनाउँदा एमालेले १४७ मत पाएको छ ।
टिप्पणीहरू