बनेपामा काँग्रेसको अग्रता
एमालेको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुई वटा वडाको मतगणना जारी रहँदा काँग्रेस उम्मेदवारले अग्रता बनाएका हुन् ।
वडा नम्बर २ मा हालसम्म ५५९ मत गणना भएको छ । जसमध्ये प्रमुखमा काँग्रेसले २४८ मत पाउँदा एमालेले १९५ भोट ल्याएको छ । प्रमुखमा एकीकृत समाजवादीले एमालेलाई पछाडि पारेको छ ।
समाजवादीका उम्मेदवारले २४६ भोट प्राप्त गरेका छन् भने एमाले उम्मेदवारले २१४ पाएका छन्।
वडाध्यक्ष पनि कांग्रेस नै अगाडि छ ।
यता, बनेपा-१ मा हालसम्म ८४३ मत गणना भएको छ । यो वडाबाट नगर प्रमुखतर्फ एमालेका उम्मेदवारलाई बढी मत गएको छ । एमालेले ३७९ र कांग्रेसले ३४३ भोट पाएका हुन् ।
उपप्रमुखतर्फ पनि एमालेले नै अग्रता लिएको छ । एमालेले ३८१ मत पाउँदा एकीकृत समाजवादीले २५५ मात्रै ल्याएको छ । बनेपामा कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका छन् ।
टिप्पणीहरू