ताप्लेजुङका एउटाबाहेक सबै पालिकामा मतगणना शुरु
ताप्लेजुङका नौमध्ये आठ वटा गाउँपालिकाको मतगणना शुरु भएको छ । फक्ताङलुङ गाउँपालिकाका अति दुर्गम हिमालीक्षेत्र ओलाङचुङगोला, याङ्मा, घुन्सा र ग्याब्लाका मतपेटीका हेलिकोप्टरमा ल्याउने भनिए पनि अहिले मानिसले बोकेरै ल्याउनु पर्ने भएपछि भोलि मात्र मतपेटिका गाउँपालिकाको कार्यालयमा आइपुग्ने भएको हो । उक्त पालिकामा त्यसपछि मात्र मतगणना शुरुहुने छ ।
ताप्लेजुङमा ८९ हजार ६८० मतदातामध्ये ५७ हजार ८९१ मत खसेको छ । समग्रमा ६४ दशमलब ५५ प्रतिशत खसेको छ । सबैभन्दा बढी मत मेरिङ्देन गाउँपालिकामा ७० दशमलब ८५ प्रतिशत खसेको छ । सबैभन्दा कम मत ६२ प्रतिशत पाथीभरा याङवरकमा खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
टिप्पणीहरू