उदयपुरगढीमा गठबन्धन अघिअघि, एमाले पछिपछि

उदयपुरगढीमा गठबन्धन अघिअघि, एमाले पछिपछि

उदयपुरको उदयपुरगढी गाउँपालिकाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु तीन जनाले वडाध्यक्ष जितेका छन् । वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर रानामगर ६६३ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी एमालेका उम्मेदवारले ५८० मत ल्याएका छन् । त्यसैगरी वडा नम्बर २ मा एकीकृत समाजवादीबाट विद्रोही उठेका वडाध्यक्ष उम्मेदवार इन्द्रबहादुर राउतले ३९२ मत ल्याएर एमालेका उम्मेदवारलाई २६५ मतमा रोकेका छन् ।

त्यस्तै वडा नम्ब ३ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मनोज कार्कीले ५४९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका उम्मेदवारले ४९१ मत ल्याएका छन् ।

पालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले १७५६ मत पाएका छन । एमालेका गोपाल खत्रीले ११०८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जीतबहादुर खड्काले १२६६ मत र एमालेकी शोभा मगरले १२२७ मत प्राप्त गरेकी हुन् ।

टिप्पणीहरू