उदयपुरका ४ पालिकामा गठबन्धन,२ मा एमाले अगाडि

उदयपुरका ४ पालिकामा गठबन्धन,२ मा एमाले अगाडि

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदरवार मेजर राईले १५१० मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेका राजकुमार राईले १११६ मत ल्याएर पछ्याइरहेका छन् । त्यसैगरी उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका पुष्प राईले १६२५ मत र एमालेकी पुष्पकला राईले ८०१ मत ल्याएका छन् । यो परिणाम ३३५१ मत गणना गर्दासम्मको हो ।

त्यसैगरी चौदन्डीगढी नगरपालिकाको अध्यक्षमा सूर्यका कालु लामा र रुखका खगेन्द्र राईवीच देखिएको भिडन्तमा १३८३ मतकाविरुद्ध १२४२ मत परेको छ । नेकपा एस र माकेको गठबन्धनबाट चुनाव लडेका नरेन्द्र राउतले ६०५ मत ल्याएका छन् । त्यसैगरी उपप्रमुखमा सूर्यध्वजावाहक मनिका दुलालले १४२४ मत ल्याएर अग्रता कायम गरेकी छन् भने उनलाई रुखकी रिताकुमारी चौधरीले १२७४ मत र हँसिया हथौडाका हिरा तिम्सिनाले ४७५ मत ल्याएर पछ्याइरहेका छन् ।

बेलका नगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार अशोक कार्कीले २३२१ मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेका दुर्गाकुमार थापाले १४०९ मतसहित पछ्याइरहेका छन् । त्यसैगरी उपमेयरमा गठबन्धनकै मनोज तामाङ १७९५ मतका साथ अघि बढिरहेका छन् भने उनलाई सूर्यकी जीरा राईले १७९५ मतका साथ पछ्याइरहेकी छन् ।

त्यसैगरी ताप्ली गाउँपालिकामा एमालेका बाबुराम राईले ८१८ मतले अग्रता कायम गरेका छन् । उनलाई गठबन्धनका बागी उम्मेदवार मुडा छापले ४०२ मतले पछ्याइरहेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हँसिया हथौडाका ढुंगराज बिकले भने २८१ मत मात्रै पाएका छन् ।

त्यसैगरी रौतामाई गाउँपालिकामा गठबन्धनकै तर्फबाट अध्यक्ष पदका उम्मेदवार हँसियाहथौडा चिन्हका वीरेन्द्र मगरले १३५४ मत ल्याएर अग्रता हासिल गरेका छन् भने एमालेका भरत थापाले १२१३ मत पाएका छन् । उपाध्यक्षमा गठबन्धनकै रुख चिन्हका भुपेन्द्र थापाले १२१३ र एमालेकी कुमारीज्यू ठकुरीले ११७० मत ल्याएर पछ्याउँदैछिन् ।

कटारी नगरपालिका १० को कालिका मावि सोरुङछमा सुरक्षाकर्मीले गोली हानेर एकको गैरन्यायिक हत्या र एक युवकको हत्या भएपछि रोकिएको निर्वाचन प्रक्रिया अझै अघि बढ्न सकेको छैन भने त्रियुगा नगरपालिका वडा नम्बर १२ जनप्रेमी आधारभूत विद्यालयको बुथमा मतदाताको नङमा मसी लगाएर मतपत्र चैं मतदान अधिकृतले नैं छाप ठोकी बक्सामा खसालेको भन्दै हङ्गामा भएपछि रद्द गरिएको छ । यो समाचार तयार हुँदासम्म नयाँ निर्वाचनको दिन तोकिएको भने छैन ।

टिप्पणीहरू