काभ्रेको बेथानचोकको मतणनास्थल एकाएक रणभूमिमा परिवर्तन
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक मतगणनास्थलमा हिजो साँझ एकाएक झडपको स्थिति बनेको थियो । बदर मतको संख्या घटाइएपछि मत गनिरहेको अवस्थामा प्रतिनिधिहरुबीच झडप भएको हो ।
पहिले १ हजार मतगणना हुँदा १२२ मत बदर भनेर सुनाइएको थियो । केही बेरपछि १ हजार ४० मत गनेर परिणाम सुनाउँदा बदर मतको संख्या तीन भनेपछि मतगणनास्थल रणभूमिमा परिणत भएको हो ।
त्यसपछि लामो समयसम्म मतगणना कार्य रोकिएको थियो ।
टिप्पणीहरू