रामेछापको दोरम्बा मतगणनास्थलमा हवाई फायर
रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकाको मतगणनास्थलमा गएराति हवाइ फायर भएको छ । गाउँपालिकाको वडा नम्बर १, डडुवा केन्द्रको मतगणना गरिरहेको बेलामा हवाई फायर भएको हो ।
मतगणनास्थलमा बिजुली बत्तिको लाइन गएपछि गणनास्थल बाहिर रहेका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले सिठ्ठी बजाउँदै प्रहरीमाथि ढुंगा प्रहार गरेको प्रहरीको दाबी छ । त्यसपछी मात्रा प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
उक्त घटनामा प्रहरी निरीक्षक हरिराम नेपालसहित चार जना प्रहरी घाइते भएको बताइन्छ । बत्ति निभेपछि बाहिरका नेता तथा कार्यकर्ता मतगणनास्थलमा छिर्न खोजेको प्रहरीको भनाइ छ । मतपेटिका जोगाउन आफूले हवाई फायर गर्न परेको प्रहरीको दाबी छ ।
बत्ति आएपछि रातिदेखि नै मतगणना सुचारु भएको बताइन्छ ।
टिप्पणीहरू