एमाले सचिव पद्मा अर्यालका श्रीमान वडा सदस्यमा पराजित

एमाले सचिव पद्मा अर्यालका श्रीमान वडा सदस्यमा पराजित

पूर्वमन्त्री तथा एमाले सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेलले वडा सदस्य हारेका छन् ।

स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा एमालेबाट खुला सदस्यको उम्मेदवार रहेका पौडेललाई कांग्रेसका सम्भव अर्यालले हराएका हुन् ।

सो वडामा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत ल्याउँदा पौडेलले मात्र ६४५ मत पाए ।

वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

टिप्पणीहरू