काठमाडौँमा लौरोको अग्रता बढेको बढ्यै

काठमाडौँमा लौरोको अग्रता बढेको बढ्यै

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाएका छन् ।

आज पौने १२ बजेसम्मको मतगणनामा शाहले २२ सय ९० मतसहित अग्रता फराकिलो पारेका हुन् । अहिलेसम्म ६ हजार ७० मत गणना भएको छ । जसमध्ये एमालेका उम्मेदवार केशव स्थापितले १२ सय ६४ मतसहित बालेनलाई पछ्याइरहेका छन्।

कांग्रेसबाट मेयरका उम्मेदवार सृजना सिंहले एक हजार ९० मत पाउँदा राप्रपाका मदनदास श्रेष्ठले २३९ भोट ल्याएका छन्।

उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले अरुको भन्दा झन्डै चार गुणाबढी मत ल्याएर निरन्तर अग्रता बढाईरहेकी छिन् । उनले २३ सय ५४ भोट पाउँदा सत्ता गठबन्धनबाट उपमेयरका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६८४ मत पाएका छन् ।

टिप्पणीहरू