माओवादीलाई हराउँदै दाङको शान्तिनगर-२ मा काँग्रेसका बागी विजयी
नेपाली काँग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको आफ्नै वडामा काँग्रेसका बागी उम्मेदवार सुनिल वली विजयी भएका छन् । वलीले शान्तिनगर गाउँपालिका-२ मा ६२९ मत ल्याएर वडाध्यक्ष जितेका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ५९७ मत पाएर हारेका छन् । कांग्रेसका आधिकारिक उम्मेदवार टोपेन्द्रा खड्काले ३५१ र एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत ल्याएका छन् ।
निर्वाचित २७ वर्षीय वली काँग्रेलको टिकट वितरणमा असन्तुष्टि जनाउँदै बागी उम्मेदवार दिएका थिए ।
टिप्पणीहरू