काठमाडौं महानगरपालिकाको मतगणना (अपडेट)
काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मतगणनापछि प्राप्त परिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह नै अगाडि देखिएका छन् । उनी २ हजार १ सय ३९ मतका साथ अगाडि देखिएका हुन् ।
त्यसैगरी एमाले उम्मेदवार केशव स्थापित १ हजार १ सय ९९ मत, नेपाली काँग्रेसकी सिर्जना सिंहले १ हजार ५७ मत प्राप्त गरेका छन् ।
अहिले महानगरका वार्ड नम्बर १, २, ३, ४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।
त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले २ हजार २ सय ३२, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६४७ र राप्रपाकी विनिता मगैयाले ५४० मत प्राप्त गरेका छन् ।
टिप्पणीहरू