भक्तपुरमा आइतबार बिदा नदिने, पहिलेझैँ शनिबार मात्रै
भक्तपुर नगरपालिकाले सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाले आज सबै विद्यालयलाई साबिकझैँ शनिबार मात्र विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई लेखिएको पत्रमा भनिएको छ, ‘नेपाल सरकार, गृह मन्त्रालयको सूचनाअनुसार २०७९ जेठ १ गतेदेखि लागू हुनेगरि हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए तापनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साविकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुन अनुरोध छ ।’
टिप्पणीहरू