अपिहिमालमा गठबन्धनका उम्मेदवारहरु विजयी

अपिहिमालमा गठबन्धनका उम्मेदवारहरु विजयी

दार्चुला अपिहिमाल गाउँपालिकामा गठबन्धनका उम्मेदवारले जितेका छन् । गठबन्धनतर्फबाट अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरेले जितेका हुन् ।

उनले दुई हजार तीन सय चार भोट ल्याएर अध्यक्ष जितेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार धर्मानन्द मन्यालले नौ सय १९ मत ल्याएर पराजित भएका हुन् ।

यता, उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसकी देवकी बोहोरा दुई हजार २७ मतले विजयी भएकी छन् । एमालेकी उर्मिला बोहोराले एक हजार तीन सय ११ मत ल्याए पनि पराजित भएकी हुन् ।

टिप्पणीहरू