थाहामा माओवादी निकै अघि, एमाले धेरै पछि
मकवानपुरको थाहा नगरपालिकाको नगरप्रमुख पदमा नेकपा माओवादीको अग्रता देखिएको छ । हालसम्मको मत परिणामअनुसार माओवादीबाट उम्मेदवारी दिएका विष्णुबहादुर विष्टले तीन हजार ६३ मत पाउनुभएको छ ।
एमालेका अच्युतम ढकालले भने दुई हजार ३०२ मत प्राप्त गरेका छन् । माओवादी एमालेभन्दा ७६१ मतले अगाडि छ ।
सोही नगरपालिकाको उपप्रमुख पदमा भने नेपाली काँग्रेसका उम्मेदवारले बढी मत ल्याएका छन् । काँग्रेस उम्मेदवार भरत गोपालीले दुई हजार ७९७ मत पाएका छन् । त्यसैगरी, एमालेकी कल्पना बलामीले दुई हजार २०९ मत प्राप्त गरेकी छन् ।
टिप्पणीहरू