धुलिखेल नगरपालिकाको मतगणना (अपडेट)
धुलिखेल नगरपालिकाको अहिलेसम्म ५ हजार ७ सय ५५ मत गणना भएको छ । उक्त मत गन्दासम्म मेयरका एमाले उम्मेदवार अशोक ब्याञ्जुले दुई हजार ५०४ मत ल्याएका छन् ।
त्यसैगरी काँग्रेसका बागी उम्मेदवार विदुर वस्नेतले दुई हजार २६३ मत पाएका छन् । उनको चुनाव चिन्ह जेब्रा हो । उपमेयरमा एमालेका उम्मेदवार लालतार अधिकारीले २ हजार ५२९ र नेपाली काँग्रेसका निराजन जंगमले २ हजार २६५ मत प्राप्त गरेका हुन् ।
वडा अध्यक्षमध्ये ३ नम्बर वडाको १२ सय ८५ मतगणना हुँदा एमालेका उम्मेदवारले ६४५ र काँग्रेसका उम्मेदवारले ३४९ मत पाएका छन् । यसैबीच धुलिखेलको ४ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार उत्तम तिमिल्सिनाले एमालेका कमल बहादुर रायलाई ९४ मतले पछि पार्दै वडाध्यक्ष जितेका छन् ।
उक्त वडामा मेयरका उम्मेदवार ब्याञ्जुले भन्दा बागी उम्मेदवारले १ सय ५५ मत बढी ल्याएका थिए । त्यसैगरी उपमेयरमा एमालेको उम्मेदवार भन्दा काँग्रेसका उम्मेदवारले १ सय ५७ मत बढी ल्याएका हुन् ।
वडा नम्बर ३ मा १६ सय मत गणना हुँदा मेयरमा एमालेलाई ७४९ र काँग्रेसलाई ६९२ मत प्राप्त भएको छ । उपमेयरमा उक्त वडाबाट एमालेलाई ८२१ र बागीलाई ६९२ तथा उपमेयरमा एमालेलाई ८२१ र काँगे्रसलाई ५९६ मत प्राप्त भएको हो ।
टिप्पणीहरू