नगराइनको मतगणना रोकियो

नगराइनको मतगणना रोकियो

धनुषाको नगराइन नगरपालिका-२ को मतगणना रोकिएको छ । नगरको राष्ट्रिय प्रावि जहटी (क) र (ख) मतदान केन्द्रको मतगणना रोकिएको हो ।

निर्वाचन अधिकृत सुदीपकुमार दंगालले आज विज्ञप्ति जारी गर्दै सो मतदान केन्द्रको मतगणना भइरहेको अवस्थामा केही मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभएको भन्दै लोसपाबाट मेयर उम्मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएकाले स्थगित गरिएको बताए ।

यस्तै, उप स्वास्थ्य चौकी रामबाग (ख) को मतपेटीकामा मतदाताको संख्याभन्दा बढी मतपत्र रहेको भन्दै धर्मेन्द्र प्रसाद गुप्तासहित पाँच जनाले मतगणना स्थगितको माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन अधिकृत दंगालले अर्को सूचना प्रकाशन नभएसम्म मतगणना स्थगित रहने जानकारी दिनुभयो ।

टिप्पणीहरू